×

रामकुमारी झाँक्रीले भनिन् : म दलीय दबाबले रोकिएँ, बालेन्द्रजी तपाईं अघि बढ्नुस्

images

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहको अभियानलाई समर्थन गरेका छन् ।

नेत्री झाँक्रीले इमानदर प्रयासहरू सफल हुने भन्दै आफ्नो समर्थन मेयर साहलाई रहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

उनले आफू सहरी विकास मन्त्री हुँदा दलीय दबाब परेको भए पनि मेयर साहलाई भने त्यस्तो नहुने पनि बताइन्।   

उनले लेखेकी छन्, ‘मैले बाग्मती कोरिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ । चुनाव आएको छ, नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्‍यो । पालिका चुनावपछि २०७९ जेठ २ गतेदेखि फेरि हटाउन सुरु भएको थियो ।’ 

नेत्री झाँक्रीले आफू र मेयर साहले केही योजना बनाएको भए पनि आफ्नो कार्यकाल लामो नरहेको बताइन् ।

 

 

शुक्रबार​ १० भदौ २०७९ ०४:४६ PM मा प्रकाशित

प्रतिक्रिया