×

सरकारको नीति तथा कार्यक्रम ‘अर्थ न बर्थ गोविन्द गाई’ : ओली

images

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अस्थिर सत्ता गठबन्धनको अस्थिर घोषणा पत्र भएको टिप्पणी गर्नु भएको छ ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले नीति तथा कार्यक्रम सस्तो लोकप्रिय र गैर जिम्मेवारपूर्ण रहेको आरोप लगाउनुभयो । नीति तथा कार्यक्रममा राम्रा राम्रा शब्द खोजेर राखेको तर ती शब्दका अर्थ नै थाहै नभएको आरोप लगाउँदै उहाँले भन्नुभयो– ‘सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाई जस्तै छ ।’

उहाँले सत्ता पक्षलाई षडयन्त्रको गठबन्धन समेत भन्दै कटाक्ष गर्नु भएको छ ।

यस्तै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनाव २०७९ स्वच्छ र निष्पक्ष हुन नसकेको दाबी गर्नुभएकाे छ । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा धाँधली गरेको आरोप लगाउनु भयो ।

उहाँले विपक्षी पार्टीलाई सिध्याउँछु भनेर सत्ता पक्ष लागि परेको आरोप समेत लगाउनुभयो । सत्ता पक्षले प्रतिपक्षलाई सिध्याउँछु भन्ने कुरा आफूले दुनियाँमा कहीँ नसुनेको ओलीले बताउनुभयो । राज्य संयन्त्रको दुरुपयोग गरेर सत्ता पक्षले प्रतिपक्ष विरुद्ध लागि परेको पनि ओलीको आरोप छ ।

यस्तै ओलीले एमाले राष्ट्रघाती र देशद्रोही पार्टी नभएका भन्दै आफूहरु बैशाखी टेकेर म्याराथनमा भाग नलिई आफ्नै खुट्टाले टोकेर आएको दाबी गर्नुभयाे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएकाे जेरी जस्तै रहेको टिप्पणी गर्नुभएकाे छ । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सरकारको नीति तथा कार्यक्रमलाई तेलमा मात्रै डुबाएको र गुजुल्टी परेको जेरी जस्तै भएको टिप्पणी गर्नु भएको हो ।

नीति तथा कार्यक्रमका विषयको प्रस्थान विन्दु, आदि र अन्तिम विन्दु के हो भन्ने नै थाहै नभई जेरी जस्तै गुजुल्टीएको भन्दै कुनै नीति नभएको नीति तथा कार्यक्रम ल्याएको आराेप लगाउनुभयाे । यस्तै उहाँले याे नीति तथा कार्यक्रमलाई अस्थिरताकाे प्रमाणपत्र भएकाे पनि दाबी गर्नुभएकाे‍ छ ।

बिहीबार १२ जेठ २०७९ १२:३० PM मा प्रकाशित

प्रतिक्रिया