काठमाण्डाै महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावकाे मतगणना अन्तर्गत अहिले वडा नम्बर १४ र १५ को मत गन्ने काम भइरहेकाे छ ।
३२ वडा रहेको काठमाण्डाैमा ३० वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आज बिहीवार बेलुकासम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाण्डाैले जानकारी दिएको छ ।
अहिलेसम्मको मत परिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपमेयर र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ ।
त्यसैगरी अहिलेसम्मको मत परिणाअनुसार काठमाण्डाैकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोलको जित हुने देखिएको छ
प्रतिक्रिया