×

प्रचण्डले सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्रीका रूपमा शपथ लिने

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ४४औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रचण्डले भोलि (सोमबार) अपरान्ह ४ बजे प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन्।

राष्ट्रपति कार्यालयले भोलि ४ बजेको लागि सपथ राखेको छ । प्रचण्डले आजै एमाले, माओवादीसहित विभिन्न ७ दल र तीन स्वतन्त्र सांसदहरु गरी १६९ सांसदहरुको समर्थन जुटाएर प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । प्रचण्ड तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्दैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आज (आइतबार) साँझ ५ बजेसम्म दिएको समयसिमाभित्रै दाहालले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

आइतबार​ १० पुस २०७९ ०९:०३ PM मा प्रकाशित

प्रतिक्रिया