गृहमन्त्री बालकृष्ण खाणले अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न निर्देशन दिनु भएको छ ।
अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदैँ उहाँले आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको हो ।
गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिनुभएको हो। गएरातिको अमर विष्टको घर पहिरोले पुरिँदा
उहाँकी भाउजु हरिकला विष्ट, भाइ वीरेन्द्र र भतिज १५ वर्षका संविधान विष्टको ज्यान गएको प्रमुख जिल्ला अधिकारी मरासेनीले बताउनु भएको छ ।
घाइते भएकी ६५ वर्षकी नैना विष्टको भने उद्धार गरिएको छ । उहाँको उपचार भइरहेको छ ।
प्रतिक्रिया