×

स्थानीय तहको निर्वाचनमा खट्न कार्यकतालाई अध्यक्ष नेपालको निर्देशन

images

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक लाग्न आम कार्यकर्तालाई निर्देशन दिनुभएको छ । एकीकृत समाजवादीको पार्टी निकट एकीकृत टे««ड युनियन महासङ्घ नेपाल (आइसिटियु) घोषणा सभा तथा सम्मान समारोहलाई यहाँ आज सम्बोधन गर्दै अध्यक्ष नेपालल स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो । 

उहाँले भन्नुभयो, “सरकारमा सहभागी पार्टीहरूबीच निर्वाचनमा गठबन्धन भयो भने सङ्गठनमा सामेल हुने यदि गठबन्धन भएन भने हामी एक्लै चुनाव लड्दा पनि पहिलो पार्टी हुने गरी अगाडि बढ्नुपर्छ ।” पूर्वप्रधानमन्त्री नेपालले जनताको हितका निम्ति काम गर्नसमेत कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले एमालेसँगको लडाइँ व्यक्तिगत स्वार्थको लडाइँ नभएर विचार र परिवर्तनकारी र यथास्थितिबाट बीचको लडाइँ भएको प्रस्ट पार्नुभयो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले श्रमिकका आम समस्या समाधान गर्नका लागि जतिसक्दो चाँडो समयअनुसारको श्रम ऐन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले श्रमिकहरूलाई गोलबद्ध गर्दै श्रमजीवी वर्गको समृद्धि, भेदभावको अन्त्य, समान अवसर र समानताका लागि सरकार लागिपरेको बताउनुभयो । पूर्वश्रमन्त्री मुकुन्द नेपालले स्वरोजगार श्रमिकलाई व्यवसाय गर्ने वैकल्पिक तथा उचित व्यवस्था मिलाउन सम्बन्धित निकायमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।  

महासङ्घले टे«ड युनियन आन्दोलनमा देखिएको वर्तमान विकृति, विसङ्गति र बेथितिको अन्त्य गरी साँचो अर्थमा मजदुर पक्षीय, जुझारु अनि प्रगतिशील  टे«ड युनियन आन्दोलनको स्थापना विकास र विस्तारमा जोड दिने प्रतिबद्धता जनाएको छ । त्यसैगरी महासङ्घले स्वरोजगार श्रमिकको सीप विकास र उनीहरूको संरक्षणका लागि अभियान सञ्चालन गर्ने भएको छ । महासङ्घका अध्यक्ष विष्णु लम्सालले नेकपा (एमाले) जिफन्टले पछिल्ला दिनहरूमा आएर वैचारिक रुपमा कमजोर र श्रमिकका मुद्दा सम्बोधनमा असफल भएको आरोप लाउनुभयो । 

शुक्रबार​ ११ चैत २०७८ ०८:२२ PM मा प्रकाशित

प्रतिक्रिया