×

कम्बोडियन संसदले सभामुख घिमिरेलाई दियो ‘गार्ड अफ अनर’

images

काठमाडौं । कम्बोडियन संसदले सभामुख देवराज घिमिरेलाई ‘गार्ड अफ अनर’ दिएको छ। नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसदबाट हालै संक्रमणकालीन न्याय सम्बन्धी कानुन पारित गरेको भन्दै सभामुख घिमिरेलाई कम्बोडियन संसदले ‘गार्ड अफ अनर’ दिएको हो।

पाँचदिने कम्बोडिया भ्रमणमा रहेका सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदानप्रदानलगायत विषयमा छलफल भएको छ । यसैगरी, शनिबार नै सभामुख घिमिरेले कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग पनि भेट गरेका थिए ।

आइतबार​ ९ मंसिर २०८१ ०२:२३ PM मा प्रकाशित

प्रतिक्रिया