कार्यव्यवस्था परामर्श समितिको बैठक १ घण्टा ढिलो गरी सुरु

    images

      काठमाडौं  । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक एक घण्टा ढिलो सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको समितिको एक घण्टा ढिलो १२ बजेपछि मात्रै सुरु भएको हो । 

       

      बैठक बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा सुरु भएको संसद सचिवालयले जनाएको छ । बैठकले संसद बैठकका कार्यसूची तय गर्नेछ । सचिवालयले हिजो एमसीसीसहितको सम्भावित कार्यसूची तय गरेको थियो ।

      प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने बताइएको छ ।

       

      बिहीबार १२ फागुन २०७८ १२:३३ PM मा प्रकाशित

      प्रतिक्रिया