एमाले अध्यक्ष ओली साढे २८ हजार मतअन्तरले विजयी

    images

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

    ओलीले ५२ हजार ३१९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए ।

    ओली २८ हजार ५७६ मतअन्तरले विजयी भएका हुन् ।

    तेस्रो स्थानमा रहेका राष्ट्रय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४३ मत पाए ।

    २०७४ को चुनावमा पनि ओलीले अधिकारीलाई नै हराएका थिए । त्यतिबेला उनको मत अन्तर २८ हजार ८४२ थियो ।

    बुधबार ७ मंसिर २०७९ ०७:२४ PM मा प्रकाशित

    प्रतिक्रिया