काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमै ओछ्यान लगाएर सुत्छु भनेको दोस्रो दिन उनको लागि कोठा र किचनको बन्दोबस्त मिलाइएको छ ।
मन्त्री पुनका लागि केशरमहलस्थित शिक्षा मन्त्रालयकै भवनमा सुत्ने कोठा र किचनको बन्दोबस्त मिलाइएको हो । मन्त्रालयले मंगलबार मन्त्री पुनका लागि किचनका समान र बेडको व्यवस्थापन गरेको छ ।
सोमबार नै मन्त्रालयमै बस्ने बताएका पुनले सोमबार सम्भव नभएपछि आजदेखि मन्त्रालयमै बसेका हुन् । उनले राष्ट्रिय आविस्कार केन्द्रबाट एउटा सुटकेसमा आफ्ना सामान ल्याएको उनका सहयोगीहरुले जानकारी दिएका छन् ।
मन्त्री पुनले आफैंले खाना पकाउने बताएका छन् । पुनका लागि मन्त्रालयको एउटा कोठा खाली गराएर किचन र बेडरूम बनाइएको छ ।
सोमबार शिक्षा मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा नै पुनले आफु जहाँ काम गर्यो त्यहि बस्ने गरेको बताउदै अन्य क्वाटरमा नजाने र मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन सचिवलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया