×

राष्ट्रपतिसमक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका राजदूतले ओहोदको प्रमाणपत्र पेस गरेका छन् । 

राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । 

कोलम्बिया, क्युवा र कजाकास्तानका गैरआवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् । 

उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।

 

बुधबार ११ फागुन २०७८ ०५:४५ PM मा प्रकाशित

प्रतिक्रिया