×

प्रदर्शनमा उत्रिएका जेनजीमाथि प्रहरीको धरपकड , फेरि पक्राउ परे निकोलस र मिराज

images

मिराज ढुंगानालगायत ‘जेनजी’ प्रदर्शनमा उत्रिएका छन्। आन्दोलनको घोषणा गर्दै सोमबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायत छन्।  प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।

अन्तरिम सरकारविरुद्ध उक्त समूहले सोमबार बिहानदेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेको छ । आन्दोलनमा सहभागी जेन-जी युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।

जेनजी-का विगतका माग पूरा नगरेको भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । माइतीघरमा  भुसालको समूह पनि देखिएको छ  ।

प्रदर्शनका कारण माइतीघर, थापाथली, बबरमहल लगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । त्यस क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।

आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ । भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको छ ।

सोमबार ७ पुस २०८२ ०१:३५ PM मा प्रकाशित

प्रतिक्रिया