मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइतबार लङ्गरमा राखिएको मोटर ट्याङ्करमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार बिहान ९ बजे मोटर ट्याङ्कर सी हर्स नामक जहाजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको फिलिपिन्स कोस्ट गार्डले जानकारी दिएको छ । दुई घण्टापछि दमकलको सहायताले आगो निभाइएको थियो ।
पोर्ट अफ बटाङ्गासका प्रबन्धक जोसेलिटो सिनोक्रजले दिएको पछिल्लो जनाकारी अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्।
सिनोक्रजले रेडियो अन्तर्वार्तामा बताए अनुसार ट्याङ्कर भेसलभित्र दुईवटा शव भेटिएको थियो ।
जहाजमा आगो लाग्दा सात जना मानिस त्यहाँ रहेको बुझिएको छ । घटना हुँदा ट्याङ्कर रित्तो रहेको पनि उनले जानकारी दिएका छन् ।
आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया