काठमाडौं । अन्तर्राष्ट्रिय बालिका दिवसको सन्दर्भमा शिल्पी नाटक घरले छोरीको महत्व झल्काउन “सहअस्तित्व” शीर्षकमा नाटक मञ्चन गरिएको छ ।
सञ्चारिका समुहले विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यमा आयोजित कार्यक्रममा घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटक सहअतिस्त्वको मञ्चन गरिएको हो । नाटकले लिङ्ग पहिचान गरी छोरी भएमा गर्भपतन गर्नु अपराध हो भन्ने जनचेतनामूलक सन्देश दिएको थियोे ।
नाटक पात्रहरूले मन छुने अभिनयमार्फत छोराछोरी बीचको विभेद हटाएर समानताको वकालत गर्न अझै ढिला भएमा धेरै छोरीले जन्मन नपाउने प्रष्ट पारेका थिए ।
“गर्व गरौँ छोरी जन्माउनुमा” भन्ने मूलनाराका साथ नेपालमा विभिन्न कार्यक्रम गरी १० औँ अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको छ ।
कार्यक्रममा कवि स्वप्नील स्मृति, सकुन्तला जोशी र ज्योति जङ्गलले छोरीको महत्व झल्काउने कविता वाचन गरेका थिए ।
प्रतिक्रिया