×

पूर्व प्रहरी महानिरीक्षक खनाल एमालेमा प्रवेश

images

नेकपा (एमाले) मा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रवेश गर्नुभएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आज यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले उहाँलाई एमालेमा प्रवेश गराउनुभएको हो ।

 पूर्व प्रहरी महानिरीक्षक खनालसँगै विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जनता समाजवादी पार्टी (जसपा)का नेता होरीलाल चौधरीलगायत एमालेमा प्रवेश गर्नुभएको हो । 

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले देशका लागि काम गर्ने पार्टी भएकोले निर्वाचनमा जिताउन आग्रह गर्नुभयो । उहाँले एमाले जनताका समस्या र भावनालाई सम्बोधन गर्ने एकमात्र पार्टी रहेको बताउनुभयो । 

एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली जनताको हक स्थापित गर्ने पार्टी एमाले मात्र रहेकोले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गर्नुभयो । 
 

बिहीबार ६ असोज २०७९ ०८:०९ PM मा प्रकाशित

प्रतिक्रिया