×

शेयरबजारमा सामान्य वृद्धि

images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो कारोबार दिन आज आइतबार दिनभरि ‌ओरालो लागेर अन्तिम केही मिनेटमा सामान्य वृद्धि भएर बन्द भएको छ ।

कारोबार सुरु भएलगत्तै बिहान ११ बजे ४१ अंकले बढेको बजार ४ मिनेटमै ओरालो लागेको थियो । त्यसपछि घट्दै गएको नेप्से परिसूचक अन्तिममा ११.५८ अंकले बढेको छ । आज सेन्सेटिभ इन्डेक्स ४.५०, फ्लोट इन्डेक्स ०.९८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८५ अंकले बढेको छ ।

आज पाँच उपसमूहको शेयर घटेकोमा अन्य ८ उपसमूहको भने वृद्धि भएको छ । आज फाइनान्स, होटल तथा पर्यटन, उत्पादन, लघुवित्त र म्युचुअल फण्डबाहेक अन्य उपसमूहको शेयर बढेको छ ।

आज इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र माथिल्लो स्याङ्जे हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । रावा इनर्जीका लगानीकर्ताले सर्वाधिक ८.६५ प्रतिशत गुमाएका छन् ।

आइतबार​ ६ असोज २०८१ ०४:१५ PM मा प्रकाशित

प्रतिक्रिया