×

पूर्व नगरप्रमुख अमानसिंह एमालेमा

images

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारा—साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिंह तामाङसहित विभिन्न नेता कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराउनुभएको छ ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रवेश कार्यक्रमा अध्यक्ष ओलीले उहाँहरुलाई स्वागत गर्नुभएको हो । कार्यक्रममा एमालेका नेताहरुको सहभागिता थियो । यसअघि आइतबार अध्यक्ष ओलीबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेश सांसद प्रल्हाद गिरी एमालेमा प्रवेश गर्नुभएको थियो ।-

सोमबार ६ भदौ २०७९ ०५:२० PM मा प्रकाशित

प्रतिक्रिया