×

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

images

काठमाडौं । पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार (आज) पोखरा सभागृहमा बसेको ११ औं नगरसभामा मेयर धनराज आचार्यले छ महिनाभित्र ३ हजार जनालाई रोजगारी दिलाउने घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आचार्यले १२ कक्षासम्मको अध्ययन सकेर बसेका विद्यार्थीलाई लक्षित गरी  सो घोषणा गरेका छन्। आफ्नो नीति तथा कार्यक्रममा मेयर आचार्यले ‘समुन्नत पर्यटकीय पोखरा’ भन्ने नारालाई विकासको प्रस्थान बिन्दु बनाएका छन् ।

जस अन्तरगत दीगो, पर्यावरणमैत्री, योजनाबद्ध र हरित शहरी विकास, उत्थानशील पर्यटकीय पुर्वाधार विकास लगायतका बुँदाहरु समेटिएका छन् ।

यसैगरी महानगरले ‘कृषि उत्पादनमा बृद्धि, महानगरको सम्बृद्धि’ को अवधारणा पनि आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ । जसका लागि बारीदेखि बजारसम्म, गोठदेखि ओठसम्म भन्ने अभियान सञ्चालन गरिनेछ ।

मेयर आचार्यले आगामी दुई वर्षभित्र महानगरमा पोलका तारलाई भूमिगत बनाईने घोषणा गरे । 

हेर्नुहोस् पूर्णपाठ

 

बुधबार ८ असार २०७९ ०७:२० PM मा प्रकाशित

प्रतिक्रिया