×

सुर्खेतका नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनीयताको शपथ

images

सुर्खेतमा नवनिर्वाचित स्थानीय तहका प्रमुखरअध्यक्षहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । पाँच नगरपालिका र चारवटा गाउँपालिका गरी नौ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले एकै पटक शपथ लिएका हुन् ।
उनीहरुलाई आइतबार मुख्य निर्वाचन अधिकृत न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले शपथग्रहण गराएका हुन् ।  

सुर्खेतमा स्थानीय तहको मतगणना बिहीबार मात्र सकिएको थियो । जस अन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मोहनमाय ढकाल निर्वाचित भएकी छन् भने गुर्भाकोट नगरपालिकाको प्रमुखमा निवर्तमान मेयर हस्त पुन नै पुनः दोहोरिएका छन् । 

यस्तै लेकवेशी नगरपालिकाका उमेशकुमार पौडेल, भेरीगंगा नगरपालिकामा यज्ञप्रसाद ढकाल, बराहताल गाउँपालिकाका भीमबहादुर भण्डारी, चिङ्गाड गाउँपालिकमा बोधविक्रम जिसी, सिम्ता गाउँपालिकामा  ऐनबहादुर चन्दले पालिकाको नेतृत्व पाएका छन् । यस्तै पश्चिम पञ्चपुरी नगरपालिकामा लालविर भण्डारी र चौकुने गाउँपालिकाका खड्क विकले पालिकाको नेतृत्व पाएका छन् ।

आइतबार​ ८ जेठ २०७९ ०५:०८ PM मा प्रकाशित

प्रतिक्रिया