×

आज अभिनेत्री करिष्मा मानन्धर एमाले प्रवेश गर्दै

images

काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । विगतमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै राजनीतिमा सक्रिय देखिएकी मानन्धर पछिल्लो समय एमालेमा आउन चाहिरहेकी थिइन् । बीचमा केही समय राजनीतिबाट निष्क्रिय रहेकी मानन्धर अहिले चुनावी माहौलसँगै एमालेमा प्रवेश गर्न लागेकी हुन् ।

 साथै एमाले एक नेता अनुसार मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुने कार्यक्रम रहेको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकाले रिजालले जानकारी दिएका छन् । 

आज  एमालेको केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी ओलीले नेता सिंहसहितको टिमलाई पार्टीमा भित्र्याउँदै छन् । सिंह तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए । 

मङ्गलबार ८ चैत २०७८ १२:०२ PM मा प्रकाशित

प्रतिक्रिया