काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा भएको भौतिक र मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ । उक्त निर्णय बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले भने, “सिद्धार्थ राजमार्ग बुटवल–पोखरा सडक खण्ड सुधार आयोजना तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।”
प्रतिक्रिया