काठमाडौं । जेनजी आन्दोलनका अगुवामध्ये एक मिराज ढुंगाना नेतृत्वको समूहले भोलिबाट सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यो समूहले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको हो । यो सरकारले युवाहरुको भावना बुझ्न नसकेको र जनपक्षीय काम गर्न नसकेको उनीहरुको आरोप छ । यो समूहले देशव्यापी रुपमा आन्दोलन हुने चेतावनी दिएको छ ।
काठमाडौंमा भने भोलि (सोमबार) बाट माइतीघर मण्डलाबाट विरोध तथा प्रदर्शन सुरु हुने कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले जानकारी द्यिए । साहकाअनुसार जिल्लामा जेनजीहरुले आन्दोलन गर्नेछन । उनीहरुले विभिन्न ७ बुँदे माग अघि सारेका छन् ।
जसमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्नेपनि मुख्य माग समेटिएको छ । पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरेका छन् । उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे ।
ढुङ्गानाले भने, “केही संवेदनशील विषय बाहेक अन्य फैसलाहरू प्रत्यक्ष प्रसारण हुनुपर्छ।” उनले न्यायिक प्रक्रियामा पारदर्शिता र जनविश्वास बढाउन यसले महत्वपूर्ण भूमिका खेल्ने बताए । ढुङ्गानाले जेनजी आन्दोलनमा सहभागी भएका अभियन्ताहरूको निशर्त रिहाइको माग पनि गरेका छन् ।
प्रतिक्रिया