×

प्रदेशसभा सदस्य पदबाट राजिनामा

images

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले आफ्नो सदस्य पदबाट आज राजिनामा दिनुभएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनका लागि सो पदबाट आज राजिनामा दिनुभएको उहाँले जानकारी दिनुभएको छ ।

चितवनको क्षेत्र नं २ को (ख) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित सदस्य सुवेदीले आज प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष लिखितरुपमा आफ्नो सदस्य पदबाट राजिनामा पत्र बुझाउनुभएको जानकारी दिनुभयो । 

बिहीबार ८ बैशाख २०७९ ०८:०८ PM मा प्रकाशित

प्रतिक्रिया