×

एमसीसीका कारण एकीकृत समाजवादीमा विवाद चुलियो, सचिवालय बैठक बोलाईयो

images

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दलमा विवाद चुलिएको छ। एमसीसीको कारण पार्टीका नेताहरुले फरक फरक अभिव्यक्ति दिन थालेपछि अध्यक्ष नेपालले आज सचिवालय बैठक बोलाएका छन् ।

सम्मानित नेता झलनाथ खनालले एमसीसी टेबुल गर्न दिनेबारे पार्टीमा कुनै निर्णय नभएको अवस्थामा अध्यक्ष नेपालले कसरी गठबन्धनको बैठकमा सहमति गरे ? भन्दै प्रश्न उठाएका छन् । तर, सरकारमा सहभागी मन्त्रीहरुले भने एमसीसी टेबुल गर्न नदिनेबारे पार्टीको स्थायी कमिटी बैठकले निर्णय गरिसकेको दाबी गरेका छन् । यही अवस्थामा आज दिउँसो २ बजे सचिवालय बैठक बोलाईएको प्रवक्ता जगन्नाथ खतिवडाले जनाए ।

 

सोमबार ९ फागुन २०७८ १२:३४ PM मा प्रकाशित

प्रतिक्रिया