चितवन। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख सत्तारूढ दल नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै पनि सम्भावना नरहेको स्पष्ट पारेका छन्। काठमाडौँको कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित पार्टीको बुद्धिजीवी तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेसँग एकता हुन लागेको भनी सञ्चारमाध्यम र राजनीतिक वृत्तमा फैलाइएका हल्लाहरू पूर्णतः भ्रामक र निराधार रहेको बताए।
नेता नेपालले आफूलाई पछिल्लो समय एमालेसँगको एकतालाई लिएर आउने फोन र सोधपुछले हैरान पारेको उल्लेख गरे । उनले भने, "कसैले एमालेसँग एकता हुँदै छ भनेर हल्ला चलाइदिन्छ र हाम्रा बुद्धिजीवी साथीहरू पनि त्यसैको प्रभावमा परेर बहकिनुहुन्छ। तर, वर्तमान वस्तुगत परिस्थितिमा एमालेसँग एकताको कुनै सम्भावना छैन र यो दुनियाँले पत्याउने कुरा पनि होइन।"
राजनीतिक सतहमा आउने कतिपय प्रायोजित समाचारकै भरमा कार्यकर्ताहरू भ्रममा पर्न नहुने भन्दै उनले देशको समकालीन राजनीतिको गहिरो र वस्तुपरक विश्लेषण गर्न आवश्यक रहेको औँल्याए पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पार्टीको मुख्य ध्यान एमालेसँग मिल्नेतिर नभई देशका सबै देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई एकै ठाउँमा गोलबन्द गर्नेतर्फ केन्द्रित रहेको बताए
मुलुकमा हाल प्राप्त भएका राजनीतिक उपलब्धि, संविधान र गणतन्त्रको रक्षा गर्ने मुख्य जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको उनले दाबी गरे । उनले आफ्ना पुर्खाहरूको गौरवशाली कम्युनिस्ट इतिहासको रक्षा गर्दै परिवर्तनकारी शक्तिहरूलाई समेटेर मुलुकको रूपान्तरणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे [baahrakhari.com].
नेता माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैली र गतिविधिप्रति जनतामा चरम असन्तुष्टि बढ्दै गएको टिप्पणी गरे। उनले निर्वाचनमार्फत ठूलो शक्ति आर्जन गरेको दलको नेतृत्वमा रहेको सरकार अहिले अहङ्कार र दम्भले ग्रसित भएको आरोप लगाए ।
ठूलो जनादेश पाएको सरकारलाई सुरुवातमै संकीर्ण ढंगले आलोचना गर्दा असहिष्णु भइने डरले आफूले सरकारको कामकारबाही नियाल्न १०० दिनको समय पर्खिएको र अब सरकारको कमजोरीमाथि खुलेरै बोल्ने उनले चेतावनी दिए ।
नेता नेपालको यो कडा अभिव्यक्तिले तत्काल कम्युनिस्ट आन्दोलनभित्र एमालेसँगको सहकार्य वा एकताको च्याप्टर पूर्ण रूपमा बन्द भएको सङ्केत गरेको छ।
प्रतिक्रिया