×

इथियोपियामा आतंकवादी हमला : २०० भन्दा बढी मानिसहरु मारिए

images

काठमाडौं । इथियोपियाको ओरोमिया इलाकास्थित अमहारा समुदायका २०० भन्दा बढी मानिसहरु मारिएका छन् । त्यहाँका एक प्रत्यक्षदर्शीले आफ्नो जीवनकालमै यस्तो नरसंहार पहिलोपटक देख्नुपरेको समाचार संस्था एपीलाई बताएका छन् ।

तहिरले आक्रमणमा बिद्रोही समूह ओरोमो लिबरेसन आर्मीको हात रहेको आरोप लगाएका छन् । तर उक्त समूहले आक्रमण नगरेको दाबी गरेको छ । सरकारी सेनाहरु घटनास्थलमा पुगेका छन्।

यद्यपि उनीहरु फर्केमा पुन हिंसा भड्कने डर रहेको तहिरले बताए । इथियोपिया अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको दोस्रो मुलुक हो ।

यहाँका अमहारा समूदायका मानिसहरु अहिले निकै डरमा रहेको र सक्दो चाँडो नयाँ ठाउँमा बसाई सर्न चाहेको शम्बेल नामक अर्का प्रत्यक्षदर्शीले बताए । अमहारा समुदाय ओरोमिया इलाकामा ३० वर्षअघि पुनर्वास कार्यक्रममार्फत आइपुगेका थिए । 

शम्बेलले पनि यो आक्रमणमा बिद्रोही समूह ओरोमो लिबरेसन आर्मीकै हात रहेको दाबी गरे । इथियोपियको सरकारले यो समूहलाई आतंककारी समूह घोषणा गरेको छ ।

अमहारा समुदाय इथियोपियाको दोस्रो ठुलो जनजाति समुदाय हो ।

सोमबार ६ असार २०७९ ०७:४० PM मा प्रकाशित

प्रतिक्रिया