×

कोसीको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

images

सुनसरीको कोसी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका तर्फबाट अध्यक्ष पदमा ऐयुव अंसारी र उपाध्यक्ष पदमा अनितादेवी यादव निर्वाचित हुनुभएको हो । कोसीको अध्यक्षमा अंसारीले एक हजार १९९ मतान्तरले विजयी हुनुभएको छ ।

 कांग्रेसका उम्मेदवार ऐयुव अंसारीले ६ हजार ४१६ मत र उपाध्यक्ष पदमा अनितादेवी यादवले पाँच हजार ३९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपाल ९जसपा०का अध्यक्ष पदका उम्मेदवार देवकृष्ण यादवले पाँच हजार २१७ मत प्राप्त गरेर पराजित भएका हुनुभएको छ । उपाध्यक्ष पदका उम्मेदवार अनितादेवी यादवकी प्रतिद्वन्द्वी अणुदेवी खेरवार चार हजार ७०८ मत प्राप्त गरी पराजित हुनुभएको छ । 

यादवले ६९१ मतले खेरवारलाई पछि पार्दै निर्वाचित भएकी हुन् । विसं २०७४ को निर्वाचनमा समेत कोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा अंसारी र यादव निर्वाचित हुनुभएको थियो । कोसी–१ को वडाध्यक्ष पदमा जसपाका शोभितनारायण यादव, कोसी–२ मा कांग्रेसका ध्यानी उराँव, कोसी–३ मा कांग्रेसका सुलेमान मंसुरी, कोसी–४ मा एमालेका इसराइल मियाँ, कोसी–५ मा कांग्रेसका शाह जमाल, कोसी–६ मा जसपाका जुडिलाल कौडगिया, कोसी–७ मा नेकपा माओवादी केन्द्रका लालदेव सदा र कोसी–८ मा कांग्रेसका बलरामकुमार क्षेत्री विजयी हुनुभएको छ ।

शुक्रबार​ ६ जेठ २०७९ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया