×

पाेखराकाे मेयर एकीकृत समाजवादीलाई दिएपछि कास्की कांग्रेस पार्टी कार्यालयमा ताला

images

सत्ता गठबन्धनले पोखराको मेयर नेकपा एकीकृत समाजवादीलाई दिएपछि कांग्रेस महानगर समितिले कास्की पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।

महानगर समितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले पोखरा महानगर एकीकृत समाजवादीलाई दिने निर्णयले महानगर कमिटी उपेक्षित भएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरेकाे विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे छ । 

विज्ञप्तिमा कांग्रेस पोखरा महानगर समितिले पालिका चुनावमा जित्ने आधार हुँदाहुँदै नेकपा एकीकृत समाजवादीलाई महानगरको मेयर दिइएकाे भन्दै विरोध गरेका छन् ।

नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताउनुभयाे । सत्ताको स्वार्थभन्दा माथि उठे‍र जनभावना एवम् आम कार्यकर्ताको मनोभावना उच्च राख्न नेपाली कांग्रेस जिल्ला समिति कार्यालयमा तालाबन्दी गर्ने निर्णय गरिएकाे विज्ञप्तिमा उल्लेख छ । 

बुधबार ७ बैशाख २०७९ ०२:२४ PM मा प्रकाशित

प्रतिक्रिया