×

आज एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षा

images


काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।चीन, मङ्गोलियालगायत देशबाट देखिने अधिकारीको भनाइ छ ।

बिहीबार ७ बैशाख २०८० १०:५० AM मा प्रकाशित

प्रतिक्रिया