×

विश्वासको मतलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसबीच घोचपेच

images

काठमाडौं । सभामुखको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मतलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसबीच घोचपेच भएको छ।

प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनअघि आआफ्ना भनाइ राख्ने क्रममा कांग्रेस र एमालेका नेताहरूबीच घोचपेच चलेको हो।

कांग्रेसले सभामुखका लागि आफ्ना उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न र एमालेले आफ्ना उम्मेदवार देवराज घिमिरेलाई मत दिन सांसदहरूलाई आग्रह गर्नुपर्ने थियो। तर ती दलका नेताहरूले मत माग्नेभन्दा पनि घोचपेचमै धेरै समय खर्चिए। नागरिक दैनिकबाट

शुक्रबार​ ६ माघ २०७९ ०९:१८ AM मा प्रकाशित

प्रतिक्रिया