×

५ सय ८१ पालिकाको मतपरिणाम : कांग्रेस २ सय ५३, एमाले १ सय ६२ र माओवादी १ सय ५ वटामा विजयी

images

पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म पाँच सय ८१ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म नेपाली कांग्रेस दुई सय ५३ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८६ नगरपालिकाको मेयर र एक सय ६७ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै कांग्रेसले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी दुई सय ३६ पद जितेको छ ।

एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५३ वटा नगरपालिकाको मेयर र एक सय नाै वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ६२ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी एक सय ७६ पद जितेकाे छ । 

नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८९ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय पाँच वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी एक सय १२ वटा पद जितेकाे छ ।

नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकासहित १३ वटा प्रमुख पदमा जितेकाे छ । त्यस्तै एकीकृत समाजवादीले उपमेयर र गाउँपालिका उपाध्यक्षमा १७ पद जितेकाे छ । 

जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १४ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १४ वटै पालिका उपाध्यक्ष जितेको छ । यस्तै स्वतन्त्र र अन्य दलले गरी ३४ वटा पालिकामा मेयर/अध्यक्ष जितेका छन् भने २६ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका छन् । 

बिहीबार ५ जेठ २०७९ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया