×

अधिकतम सिट जित्ने गरी गठवन्धन हुनसक्छ : प्रवक्ता महत

images

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्ने बताउनुभएको छ । प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय निर्वाचनमा धेरैभन्दा धेरै जित हासिल गरे केन्द्रीय निर्वाचन जित्न सजिलो हुने भएकाले गठबन्धनको सम्भावना नटरेको उल्लेख गर्नुभयो ।

“पार्टीलाई बलियो पार्न लागौँ, के गर्दा धेरै सिट आउँछ त्यसै गर्ने हो”, प्रवक्ता महतले भन्नुभयो । नेता महतले बढी सिट जित्नका लागि निर्वाचनमा कुनै पनि सम्भावनालाई नकार्न नसकिने बताउनुभयो । पार्टीमा लागेका भोट बढाउन सक्नेलाई उम्मेदवार बनाई निर्वाचन जित्ने लक्ष्यका साथ कार्यक्षेत्रमा खटिन कांग्रेस कार्यकर्तालाई आग्रह गर्दै उहाँले गठबन्धन गर्ने दलहरूको प्रस्तावका आधारमा नेपाली कांग्रेसले निर्णय लिने उल्लेख गर्नुभयो ।

प्रवक्ता महतले एमसिसी नेपालको आवश्यकता र विकासका लागि भएको भन्दै एमसिसी परियोजनाले नेपालको विद्युत् प्रसारण र सडक विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

शनिबार ५ चैत २०७८ ११:१० PM मा प्रकाशित

प्रतिक्रिया