×

तिमीसँग बोल्न मन लाग्यो भन्दै डब्बु

images

काठमाडौं- गीतकार डब्बु क्षत्रीले गत महिना मात्रै आफ्नो नयाँ गीत बजाई देउन बाजा... ओएसआर डिजिटलबाट दर्शकमाझ ल्याएका थिए । गीतकार डब्बु क्षत्री यतिबेला अर्को गीतको भिडियो लिएर दर्शकमाझ आएका छन् । उनले आधुनिक गीत गीत तिमीसँग बोल्न मन लाग्यो...को भिडियो आईतबार सार्वजनिक गरेका हुन् ।

यो गीत सात वर्षअघि रेकर्ड गरिएको थियो । तर यसको भिडियो बनेको थिएन । त्यतिबेला डब्बु क्षत्रीको गीतिसँग्रह ‘गुलाबी स्वरहरु’मा यो गीत समेटिएको छ । यसलाई यतिबेला रि मिक्सिङ गरेर भिडियोको रुपमा बजारमा ल्याईएको गीतकार क्षत्रीले बताएका छन् । यो गीचको रचनासँगै भिडियोको निर्देशन पनि डब्बु क्षत्रीले गरेका छन्,‘पुन मिक्सिङ गरेर हामीले यसलाई ल्याएका हौं । गीत अनुसारको भिडियो बनाईएको छ ।’ गीतकार क्षत्रीले भने ।

यो गीतमा गायिका केन्जुमा सुब्बाको स्वर रहेको छ । बिन्ध्यवासिनी म्युजिकको आधिकारिक युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । यस अघि निकै सुनिएको गीतलाई भिडियोमा ल्याउँदा खुसी लागेको गायिका केन्जुमा सुब्बाले बताईन् । संगीतकार जुगल डँगोलको संगीत छ । गीतमा संगीत संयोजन पनि जुगलकै हो । काठमाडौंको पुतलीसडक स्थित आर्टुम्युज रकेर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतमा युगल जोडीको प्रेम आसक्तिको वयान गरेकाले भिडियोमा पनि सोही भावलाई समेटिएको गीतकार डब्बु क्षत्रीले बताएका छन् । भिडियोमा ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ की विजेता शर्मिला बुढाथोकी र अभिनेता यसराज गराचले अभिनय गरेका छन् । यी दुईको अभिनय राम्रो छ । नयाँ भएर पनि शर्मिलाको अभिनयमा परिपक्ता देखिएको छ ।

यो गीतको भिडियोलाई सर्लाहीको बागमती र नुनथर क्षेत्रमा छायाँकन गरिएको हो । सो क्षेत्रको प्राकृतिक सुन्दरता र कलाकारको कुशल अभिनयले भिडियो राम्रो बनेको प्रतिक्रिया दर्शकबाट आएको छ । ४२ डिग्रीको तापक्रममा यो गीतको भिडियो छायाँकन गरिए पनि कलाकार र प्राविधिकले राम्रो काम गरेको पनि निर्देशक क्षत्रीले बताए ।

यो गीतको भिडियोलाई कृष्ण रसालले कोरियोग्राफी गरेका हुन् । प्रविण सुवेदीद्धारा छायाँकन गरिएको भिडियोमा मेकअप पनि मोडल शर्मिला बुढाथोकी स्वयम्ले गरेकी हुन् । बीरेन्द्र भाट ‘विपिन’ र लोकेश भाटको सम्पादन तथा रँग सँयोजन यो गीतको भिडियोमा रहेको छ ।

Video link 

https://www.youtube.com/watch?v=w1zSTOEvv9M

 

 

बुधबार २ असोज २०८१ ०९:३१ AM मा प्रकाशित

प्रतिक्रिया