×

आज नेपालमन्डलका नेवारहरुले ‘छुस्यामुस्या’ बाँडेर चथा मनाउदै

images

आज नेवार समुदायले बालबालिकालाई ‘छुस्यामुस्या’ बाँडेर चथा पर्व मनाउदैकाठमाडौं, असोज १ । भदौ शुक्ल चतुर्थीका दिन आज गणेश चतुर्थी पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाइने गरिएको हो ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिनलाई नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । शुक्रबार तीजको व्रत लिनेहरुको गणेशको व्रत गर्ने चलन छ ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने गर्दछन् ।

आजको दिन उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा हुने गरेको छ ।

सोमबार १ असोज २०८० ०२:४२ PM मा प्रकाशित

प्रतिक्रिया