×

दाङको दश पालिकामध्ये पाँचमा कांग्रेस र तीनमा माओवादी केन्द्र विजयीः दुईको मतगणना जारी 

images

दाङका दशमध्ये पाँच पालिकामा कांग्रेस र तीनमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् । दुई  उपमहानगरपालिकाको नतिजा भने आउन बाँकी छ । नेपाली कांग्रेसबाट लमही नगरपालिकाको प्रमुखमा जोगराज चौधरीले नौ हजार ३१७ र उपप्रमुखमा कांग्रेसकै लक्ष्मी योगीले आठ हजार ७३७ मत ल्याएर विजयी हुनुभएको छ । 

images

भोजपुरमा एमाले-कांग्रेस तीन-तीन र माओवादी दुई ठाउँमा विजयी

जिल्लाको नौवटै स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ । यहाँको दुई नगरपालिका र सातवटा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । 

त्यसैगरी बबई गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कुलबहादुर खत्रीले छ हजार ६१५ र उपाध्यक्षमा कांग्रेसकै बमकुमारी खड्काले पाँच हजार ४७९ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै शान्तिनगर गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै प्रमोद बस्नेतले पाँच हजार ७१६ र उपाध्यक्षमा कांग्रेसकै प्रेमाकुमारी बुढाथोकीले पाँच हजार ७५० मत ल्याएर विजयी हुनुभएको छ ।

यसैगरी दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शम्भु गिरीले पाँच हजार ४६७ मत ल्याएर विजय हुनुभएको छ भने उपाध्यक्षमा सोही पार्टीका पिमा वली खड्का पाँच हजार ४७९ मत ल्याएर विजय हुनुभएको छ । त्यस्तै राजपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शरद बुढाथोकीले तीन हजार ९८० र उपाध्यक्षमा सोही पार्टीका धनपतीदेवी यादवले तीन हजार ८३६ मत ल्याएर विजयी हुनुभएको छ । 

त्यस्तै गढवा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यमनारायण शर्मा (विश्वास)ले छ हजार ९०९ र उपाध्यक्षमा नेपाली कांग्रेसका शारदाकुमारी चौधरीले पाँच हजार ८८१ मत ल्याएर विजयी भएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । 

बङ्गलाचुली गाउँपालिकामा माओवादी केन्द्रका सुवास पुनले पाँच ७४१ र उपाध्यक्षमा कांग्रेसका भक्तबहादुर जीसीले पाँच हजार ९४५ मत ल्याएर विजय हुनुभएको छ । त्यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्टले छ हजार ८९८ र उपाध्यक्षमा नेकपा एमालेका कमलापती चौधरीले छ हजार ६७४ मत ल्याएर विजयी भएको छ ।  घोराही र तुलसीपुर उपमहानगरपालिकाको मतगनणा भने जारी छ । 

बुधबार ४ जेठ २०७९ ०१:५२ PM मा प्रकाशित

प्रतिक्रिया