×

काठमाडौंमा बालेनको फराकिलो अग्रता, स्थापित ८ हजार ११५ मतले पछि

images

 महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजार मत कटाउनु भएको छ । ताजा मत परिणाम अनुसार शाहले १७ हजार ३१ मत पाएका छन् ।

उनी एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार १ सय १५ मतले अगाडि छन्। स्थापितले अहिलेसम्म ८ हजार ८ सय ७६ मत प्राप्त गरे ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ९ सय ४१ मत प्राप्त गरे । यस्तै, उपमेयरमा भने एमालेतर्फबाट सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ । 

बुधबार ४ जेठ २०७९ ०५:०६ PM मा प्रकाशित

प्रतिक्रिया