फलेन्द्र मगर / दुबई
युएई -१८ मई प्रवासमा रहेका भुजेल समुदाय ले आफ्नो वार्षिकोत्सव , उभौली पर्वका साथै ७ औं अधिवेशन भव्य रुपमा सम्पन्न गरेको हो । नेपाल र यूएईको राष्ट्रिय गानबाट दीप प्रज्वलन गरि औपचारिक कार्यक्रम उद्घाटन गरिएको थियो। १४ औं स्थापना दिवसको खुशियालीमा समाजले लोगो अंकित केक काटेर सहभागीहरूले उत्सव मनाएका थिए। कार्यक्रममा नेपाली मौलिक सांस्कृतिक विविधता तथा सामुदायिक एकताको विशेष झल्को देख्न सकिन्थ्यो।
संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका भुजेल समुदायले आफ्नो भाषा, संस्कृति, पहिचान र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रवासी भुजेल समाज सेवा समिती युएईको १४ औं स्थापना दिवस, उभौली पर्व तथा सातौं अधिवेशन भव्य रूपमा सम्पन्न गरेका छन्। दुबईस्थित सिल्भर स्पुन रेष्टुरेन्टको सभा हलमा सम्पन्न कार्यक्रममा विभिन्न जातीय, सामाजिक तथा प्रवासी संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति सहित सभ्य र भव्य रूपमा सम्पन्न गरेको हो ।
नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष भागिरथी कुमार भगत प्रमुख आतिथ्य थियो । प्रमुख अतिथि भगतले प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जोगाइराख्न भुजेल समुदायले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो। “संख्या सानो भए पनि आफ्नो पहिचानलाई जगेर्ना गर्ने समुदाय नै वास्तवमा बलियो समुदाय हो,” उहाँले उल्लेख गर्नुभयो । समाजका अध्यक्ष तुलबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जीवन पंगेनी, कविराज राजवंशी, सुर्य बहादुर खवास, यम बहादुर घर्ती, दिलिप जिटी, सुर्य बहादुर भुजेल तथा सुरिन भुजेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रवासमा सामाजिक एकता, भाषा र संस्कृतिको संरक्षण अपरिहार्य रहेको धारणा उल्लेख गरेका थिए ।
औपचारिक कार्यक्रम समाजका महासचिव हरि खवास र सचिव विनोद भुजेलले संयुक्त रुपमा सञ्चालन गर्नुभएको थियो । बन्दसत्र अघि कोषाध्यक्ष संजय भुजेलले सन: २०२४-२६ कार्यकालको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार समाजको कुल आम्दानी १९,६८१.५० दिराम तथा खर्च १८,९३१.५० दिराम रहेको उल्लेख गरिएको थियो । कार्यकालको अन्त्यसम्म समाजले ७५० दिराम बचत गर्न सफल भएको जानकारी समेत दिइएको थियो।
नवनिर्वाचित कार्यसमिति का पदाधिकारी हरु
🔹 अध्यक्ष – हरि खवास भुजेल
🔹 वरिष्ठ उपाध्यक्ष – देव घर्ती भुजेल
🔹 उपाध्यक्षहरू
▪️ खडग बहादुर भुजेल
▪️ गीता भुजेल
🔹 महासचिव – विनोद भुजेल
🔹 सचिव – दिल कुमार भुजेल
🔹 कोषाध्यक्ष – संजय भुजेल
🔹 सह-कोषाध्यक्ष – मीन भुजेल
✨ कार्यसमिति सदस्यहरू
रमेश भुजेल, अमन भुजेल, सुवोध भुजेल, प्रतिक्षा भुजेल, विश्व भुजेल, आसा भुजेल, पदम जिटी भुजेल, दिपक भुजेल, ओम जिसी भुजेल, कमला भुजेल, सूर्य भुजेल, हरिशंकर भुजेल तथा कृष्णा भुजेल।
प्रतिक्रिया