×

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेद्वार हमालको अग्रता

images

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार गोपाल हमालले दोब्बर मतले अग्रता कायम गरेका छन्।

धनगढीमा शनिबारदेखि मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्म २३ हजार २२३ मतगणना भएको छ। पछिल्लो मतपरिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्। उनले १० हजार ८२५ मत पाएका छन्।

यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन्।

हमाल र वडबीच ५ हजार ६५९ मतको अन्तर छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ६८८ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ४ हजार २४६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ६४२ मत पाएका छन्। 

बुधबार ४ जेठ २०७९ १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया