काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धनमाथि छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ । संसद्को पछिल्लो अधिवेशन हिजोदेखि सुरू भएको हो ।
संसद् बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरूद्ध गर्दै आएको थियो । तर एमालेले हिजो नौ महिनापछि अवरोध हटाएको छ ।
एमालेले एमाले फुटाएर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपालसहित १४ सांसद पदमुक्त हुनुपर्ने माग राखेर अवरोध गरिरहेको थियो ।
प्रतिक्रिया