×

पल शाहविरुद्ध फेरी आज तेस्रोपटक म्याद थपिँदै

images

काठमाडौं : नेपाली चलचित्रका नायक पल शाहविरुद्ध आज तेस्रोपटक म्याद थपको तयारी गरिएको छ । बलात्कारको आरोप लागेका पलविरुद्ध जिल्ला अदालत तनहुँबाट यसअघि पहिलोपटक सात दिन र दोस्रोपटक १२ दिनको म्याद लिइएको थियो ।

१२ दिने म्याद आज सकिँदै छ । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।

अनुसन्धान नसकिएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शुक्रबार​ ४ चैत २०७८ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया