×

सत्ता गठबन्धनमा समस्या : चुनावीको लागि तालेमल गर्न सहमतिको खोजी

images

काठमाडौं : सत्ता साझेदार दलबीच आगामी वैशाख ३० गते हुने स्थानीय तहमा चुनावी तालमेल गर्ने विषयमा गृहकार्य शुरू भएको छ । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल आवश्यक रहेका सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जोड दिँदै आएका छन् । चुनावमा तालमेलका लागि माओवादी र एकीकृत समाजवादी तयार रहे पनि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने सहमति जनाएको छैन । कांग्रेसले एकमहिने अभियानको केन्द्रीय प्रतिनिधिहरूले रिपोर्ट केन्द्रमा बुझाएपछि मात्र थप निर्णय लिने नीति लिएको छ ।

नेपाली कांग्रेसका नेता राजन केसी आगामी स्थानीय तहमा सत्ता गठबन्धनबीच तालमेल गर्ने विषयमा पार्टीले जिल्ला क्षेत्र र नगरलाई नै जिम्मेवारी दिने बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘स्थानीय तहमा तालमेल गर्ने विषय केन्द्रले निर्णय गर्दा राम्रो सन्देश जाँदैन, त्यहाँको पार्टी समितिले नै आवश्यकताको आधारमा निर्णय गरेर अगाडि बढ्छन् ।’ एमालेबाहेक सत्ता साझेदार दलबीच स्थानीय तहमा प्रमुख उपप्रमुखदेखि वडा अध्यक्षसम्म तालमेल हुन सक्ने उहाँले बताउनुभयो ।

शुक्रबार​ ४ चैत २०७८ ११:४७ AM मा प्रकाशित

प्रतिक्रिया