×

माओवादी केन्द्रद्वारा बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई निष्कासनको घोषणा

images

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीभित्रबाट गठबन्धनविरुद्ध बागीलाई उम्मेदवारी दिएकालाई फिर्ता लिन अल्टिमेटम दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी आज दिनभरसम्म फिर्ता नलिए कारबाहीको निर्णय गरेको छ ।

पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिइ उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

माओवादीले निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता सहित असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरेमा वा आफ्नो उम्मेदवारी निस्क्रिय गराएमा उनीहरु उपरको कारबाही फिर्ता लिइने पनि जनाएको छ ।

सोमबार ३१ असोज २०७९ ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया