काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक जारी छ । प्रदेश र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन कार्यदलको बैठक सुरु भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरूबीच छलफल भइरहेको छ । बुधबार अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि ५ बजेदेखि मात्र छलफल सुरु भएको हो ।
यसअघि तीन पटक बसेको कार्यदलको बैठक औपचारिकतामै सीमित भएको थियो । यद्यपि ०७४ को आम निर्वाचन र गत स्थानीय निर्वाचनको परिणाम तथा नेताहरुको व्यक्तित्वलाई मध्यनजर गरी सिट बाँडफाँटको मापदण्ड बनाउने विषयमा कार्यदलमा एकमत छ ।
तर संख्यात्मक हिसाबले सिट बाँडफाँट हुन सकेको छैन । आजको बैठकमा ठोस छलफल गर्ने कार्यदलको तयारी छ । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले बैठकपछि गठबन्धनका शीर्ष नेतासँग छलफल गर्ने जनाइएको छ ।
प्रतिक्रिया