दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रमोद बस्नेतले ५ हजार ७ सय १६ मत प्राप्त गरी विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका विष्णु केसीले ४ हजार ५ सय २४ मत प्राप्त गर्नुभयो । त्यस्तै माओवादीका मोहनलाल वलीले २ हजार ७ सय ९४, एकीकृत समाजवादीका ऋषिराज आचार्यले २५, राप्रपाका टंकराज पाण्डेले १ सय ८ तथा राष्ट्रिय जनमुक्ति पार्टीका धनराज स्वर्णकारले ३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसका प्रेमा बुढाथोकी (केसी) ले ५७५० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाँको निकटतम प्रतिस्पर्धी एमालेकी कमला भण्डारीले ४०२८ मत प्राप्त गर्नुभएको हो ।
प्रतिक्रिया