×

मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षा

images


काठमाडौं । देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

सोमबार बिहान गण्डकी र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी प्रदेशहरुका केही स्थानमा मेघगर्हन र चटयाङसहित हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहने छ। त्यस्तै, देशका गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । त्यस्तै, काठमाडौं उपत्यका लगायत देशका अधिकांश भू-भागमा तुवाँलोको सम्भावना रहेको छ ।

सोमबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेभएको छ । त्यस्तै, बाँकी भू-भागको मौस भने सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

सोमबार ४ बैशाख २०८० १०:११ AM मा प्रकाशित

प्रतिक्रिया