×

आजको मौसम-- मुलुकको भूभागमा चट्याङसहित वर्षा हुने 

images


काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भूभागमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी तथा

तराई भूभागमा हावाहुरी पनि चल्ने सम्भावना छ । मुलकको अन्य भूभागमा भने हल्कादेखि सामान्य बदली हुनेछ । 

शुक्रवार राती पनि मुलुकका भूभागमा आंशिकदेखी सामान्य बदली रहने छ । पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित

हल्का वर्षाको सम्भावना रहेको छ ।  
 

शुक्रबार​ ३ चैत २०७९ ११:३७ AM मा प्रकाशित

प्रतिक्रिया