×

‘युद्धभन्दा डरलाग्दो थियो ल्होत्से लुट’

images

काठमाडौं । नेपाली सेनामा १७ वर्ष सेवा गरेका धादिङ आगिनचोकका कृष्णबहादुर भट्टले तत्कालीन नेकपा माओवादीले राज्यसत्ताविरुद्ध सञ्चालन गरेको सशस्त्र युुद्धका क्रममा थुप्रै जोखिम बेहोरे ।

तर २०७९ फागुन १ गते माओवादीले देशमा जनयुद्ध दिवस मनाउँदै गर्दा काठमाडौं बालाजु बसपार्कछेउमा सशस्त्र युद्ध कालमा भन्दा ठुलो संकट आफूले झेल्नुपरेको उनले बताए ।

यातायात व्यवसायी र मजदुरले गरेको आन्दोलनका क्रममा उग्र समूहले ल्होत्से मलस्थित मोबाइल पसलको सटर फुटालेर लुटपाट गर्दाको क्षण सम्झँदा अहिले पनि उनको मन झसंग हुन्छ ।

‘नेपाली सेनामा १७ वर्ष जागिर गर्दा संकटकाललगायतका थुप्रै समस्या भोगियो,’ विगत १० महिनादेखि ल्होत्से मलमा सुरक्षागार्ड रहेका ५५ वर्षीय भट्टले भने, ‘सोमबार (फागुन १ गते) को घटना माओवादीको सशस्त्र युद्धभन्दा पनि डरलाग्दो थियो ।’ आजको नागरिक दैनिकबाट

शुक्रबार​ ५ फागुन २०७९ ०८:३३ AM मा प्रकाशित

प्रतिक्रिया