×

काठमाडौंबाट भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा आयो समस्या

images

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भरतपुर उड्न लागेको बुद्ध एअरको जहाजबाट सोमबार बिहान सबै यात्रुलाई ओरालिएको छ ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बिहान साढे ७ बजे उड्ने तालिका रहेको जहाजमा प्राविधिक समस्या देखिएपछि उड्न लागेको जहाजबाट यात्रुलाई ओरालिएको बताए । जहाजलाई ‘ट्याक्सी वे’मै प्राविधिकहरूले जाँच गरिरहेका छन् भने यात्रुलाई अर्को जहाजबाट गन्तव्यमा पठाउने तयारी भएको बताइएको छ ।

बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल स्रोतले बतायो । जसले गर्दा अन्य जहाजलाई असुविधा भएको छ ।

सोमबार ३१ भदौ २०८१ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया