काठमाडौं । यस वर्षको बडा दशैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडा दशैँको शुभ साइत सार्बजनिक गर्दै असोज १६ गते बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।
२०८२ सालको विजयादशमीका शुभसाइत:
१- वि.सं. २०८२ साल असोज ६ गते सोमवार- नवरात्रारम्भ, घटस्थापना बिहान ९: १३ बजे ।
२. वि.सं. २०८२ साल असोज ७ गते मङ्गलवार- झण्डा फेर्ने, बिहान ९: ५३ बजे (पूर्व मोहडा) ।
३- वि.सं. २०८२ साल असोज ११ गते शनिवार - श्रीपचलीभैरव यात्रा ।
४- वि.सं. २०८२ साल असोज १३ गते सोमवार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे ।
५- वि.सं. २०८२ साल असोज १४ गते मङ्गलवार - महाष्टमी, कालरात्रि ।
६- वि.सं. २०८२ साल असोज १५ गते बुधवार- महानवमी स्थिरासन बिहान ९: २३ बजे ।
७- वि.सं. २०८२ साल असोज १६ गते बिहीवार - विजया दशमी, देवी विसर्जन, बिहान ९: २३ बजे । टीका बिहान ११: ५३ बजे (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने) । श्री तुलजाभवानी यात्रा, दिवा १२: १९ बजे । स्थिरासन दिवा १: १७ बजे, खड्गयात्रा ।
८- वि.सं. २०८२ साल असोज २० गते सोमवार - अखिलबलिपूर्ति । वि.सं. २०८२ साल असोज २० गते सोमवार कोजाग्रतव्रत, पूर्णिमाव्रत ।
प्रतिक्रिया