काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गट्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै गम्भीरतापूर्वक दुर्घटना कारण खोज्नसमेत निर्देशन दिए ।
उनले भने, गट्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।”
प्रतिक्रिया